पहिचानको खोजिमा नम्रता श्रेष्ठ !



रंगखबर, काठमाडौँ – फिल्म ‘गाँठो’बाट अभिनय यात्रा थालनी गरेकी अभिनेत्री नम्रता श्रेष्ठ पहिचानको खोजिमा छिन् । दुई फिल्म रिलिज हुँदासम्म आफुलाई दर्शकले नोटिस नगरेको स्वीकार्ने नम्रताले तेसो फिल्म ‘माछा माछा’ ठुलो आशा बोकेकी छन् ।

‘गाँठो’ र ‘जानी नजानी’ बक्सअफिसमा असफल भएपछी दर्शक माँझ छिट्टै नोटिस हुने चाहना तुहियो । त्यैपनि नम्रताले हार मानेकी छैनन् ।

स्थापित अभिनेत्री नम्रता श्रेष्ठसँग पुरा नाम मिलेपछि उनलाई अझ धेरै तनाव भएको छ । ‘सानो संसार’बाट उत्कृष्ट डेब्यु गरेकी नम्रताले गहिरो छाप छोडिसकेकी छन् । नम्रता भन्न बितिकै सबैको दिमागमा ‘सानो संसार’ वाली नम्रताको नाम नै अगाडी आउछ ।

कति पटक त नम्रताको नाममा आफुलाई फोन आउने बताउने ‘माछा माछा’की नम्रताले अबको फिल्मले पहिचान मिल्ने दावी गर्छिन् ।

‘एक फिल्म हिट भैदिएको भए, मेरो पनि पहिचान बन्थ्यो कि ?’ नम्रताले संचारकर्मीसँग आशा पोखिन् ।

‘माछा माछा’मा नम्रताले अभिनेता सौगात मल्लसँग जोडी बाँधेकी छन् । स्टारहरुको भिड भएका कारण यो फिल्मले नम्रतालाई आम माझ त लिएर जानेनै छ । तर, आफ्नो कामबाट नम्रताले दर्शकको मन राज गर्न सफल हुन्छिन त ?

मंसीर २० गते फिल्म रिलिज भएपछी उनको परिक्षाको नतिजा आउन सुरु हुनेछ । जसको लागि उनि पर्ख र हेर अवस्थामा छिन् ।

सुनिल गुरुङले निर्देशन गरेको फिल्ममा नम्रता र सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्