एक्सन प्रधान ‘दि कर्मा’ टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’को टिजर आउट भएको छ । टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा हाइलाइट छन् ।

नीता र करणलाई एक्सन अवतारमा देख्न सकिन्छ । भने टिजरमा परमिताको बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । यस्तै बुद्दि तामाङको भूमिकाले खलपात्र प्रष्ट्याउछ ।

नेपाल-भारतको सिमा क्षेत्रमा हुने बिभिन्न घटना बुनेको फिल्मको पटकथा र संवाद सुशील पोखरेलले लेखेका छन् । निर्माता जयराज रायको फिल्ममा कथा छ ।

माघ १७ गते रिलिज हुने फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको पनि मुख्य भूमिका छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्मको निर्मातामा श्रीदेव बि.एल. र निशा खतिवडा छन् ।

प्रतिक्रिया दिनुहोस्