‘चालबाज’मा केकी र अविनाशको जोडी



रंगखबर, काठमाडौँ – दार्जिलिङबाट फिल्म ‘चालबाज’को छायांकन सुरु भएको । सस्पेन्स लभस्टोरी जनराको फिल्मलाई कैलाश राईले निर्देशन गर्दैछन् ।

फिल्ममा अभिनेत्री केकी अधिकारीसँग नव-कलाकार अविनाश प्रधानले जोडी बाँध्दैछन् । फिल्ममा बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ पनि मुख्य भूमिका रहनेछ ।

सौरभ इन्टरटेनमेन्ट र बलाली प्रोडक्सनको व्यानरमा निर्माण भैरहेको फिल्ममा अरुण तामाङले लगानी गर्दैछन् ।

सौरभ लामाको छायांकन रहेको फिल्ममा दीपक शर्मा/ओम गुरुङको संगीत, विपिन किरणको शब्द र कमल राई/रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्