मित्रताको कथामा ‘सँगसँगै’, सौगातदेखि सृष्टिसम्म कलाकार



रंगखबर, काठमाडौँ – मित्रताको कथामा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ । शुक्रबार मधुसुदन भट्टराईको निर्देशनमा बन्ने ‘सँगसँगै’ घोषणा गरियो ।

फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल र आश्मा गिरीको मुख्य भूमिका रहनेछ । फिल्मले साथि बीचको सम्बन्ध र समर्पणको कथा उठान गर्नेछ ।

संचारकर्मी-निर्देशक लक्ष्मण सुवेदीको लेखनमा बन्ने फिल्ममा दुई दशक अगाडीदेखि वर्तमानसम्मको एउटा कालखण्ड समेट्ने निर्देशक भट्टराईले जानकारी दिए ।

माघबाट फ्लोरमा जाने फिल्ममा विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतको पनि अभिनय रहनेछ ।

ताराप्रकाश लिम्बुले संगीत दिने फिल्मलाई शिव ढकालले खिच्नेछन् । सुवानी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णबहादुर क्षेत्रीको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्