राम लिम्बुले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को उपाधि



रंगखबर, काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् । उनि कोच प्रमोद खरेलको टिमलाई प्रतिनिधित्व गर्दै फाइनलमा पुगेका थिए ।

विजेता बनेसँगै रामले डाटसन रेडी गो कार, १२ लाख नगद, १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्रा पुरस्कारमा पाएका छन् ।

‘द भ्वाइस’को फाइनलमा रामसँगै टिम आस्था राउतबाट आरिफ राउफ, टिम दीप श्रेष्ठबाट बिकाश लिम्बु र टिम राजु लामाबाट सनिश श्रेष्ठ फाइनलमा पुगेका थिए ।

हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना भएको फाइनलमा हजारौँ दर्शकको उपस्थिति थियो । युट्युबमा पनि प्रत्यक्ष प्रशारण भएको शोलाई झन्डै डेढ लाखले हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्