जुसको ब्राण्ड एम्बेसडरमा दयाहाङ र वर्षा



अभिनेता दयाहाङ राई ‘डबल सी’ नामक जुसको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार राजधानीमा उक्त ब्राण्ड लोकार्पण गर्दै दयाहाङले प्रोडक्टसँग आवद्द हुनुको कारण खुलाए ।

‘स्वास्थ्यमा हामि सजक बन्नु पर्छ । स्वास्थ्य सम्बन्धि धेरै कुरा थाहा हुँदाहुँदै पनि हामिले स्वास्थ्यलाई चाहिने सम्पूर्ण तत्व पुरा गर्न सकिरहेका हुँदैनौ । त्यसैले भिटामिन सीको मात्रा प्रयोग गरिएको ‘डबल सी’ उपयोग गर्दा केहि हदसम्म स्वास्थ्यलाई लाभ मिल्नेछ ।’ आफु यस ब्राण्डको बारेमा बुझेर मात्रै जोडिएको बताए ।

यस्तै ब्राण्ड प्रवर्धकको रुपमा रहेकी अभिनेत्री वर्षा सिवाकोटीले पनि ‘डबल सी’का सकारात्मक पक्ष प्रष्ट्याइन । निर्देशक मिलन चाम्सले पनि यस ब्राण्डले आफुलाई सकारात्मक नतिजा दिइरहेको र सबैलाई उपयोग गर्न आग्रह गरे ।

यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । यसको टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चल लामा र रोमन राई छन् । सोमबारबाट बजारमा उपलब्ध हुने जुसको लोकार्पण दया र वर्षा मिलेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्