‘झिङ्गे दाउ’मा केकी र आँचलको यस्तो पहिरण



रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्म ‘झिङ्गे दाउ’ यतिबेला काभ्रेको भकुेन्डेबेसीमा खिचिदैछ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा ‘झिङ्गे दाउ’मा आधारित भएका कारण पनि यस फिल्मलाई विशेष रुपमा हेरिएको छ । निर्माण पक्षले छायांकनबाटै सेटका केहि थान तस्विर सार्वजनिक गरिरहँदा फिल्मप्रति दर्शकको उत्सुकता बढिरहेको छ ।

सेटबाट सार्वजनिक भएका दुई तस्विरमा केकी र आँचललाई भिन्न अवतारमा देख्न सकिन्छ । साधारण गाउँले पहिरणमा देखिएका दुवै अभिनेत्री सुन्दर देखिएका छन् । पछिल्लो समय लोप हुँदै गएको पहिरणले दर्शकको ध्यान खिच्छ ।

प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत र विष्णु कल्पितको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्