गायक सुरज पौडेलको ‘लभ’ सार्वजनिक



रंगखबर, काठमाडौँ- संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब’  सार्वजनिक  भएको छ ।  गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको छ।  भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन रहेको छ ।

गायक पौडेलको यो छठौँ भिडियो हो । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्वजनिक गित हो । संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्