‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ का लागि आशा नेपाल आउँदै



रंगखबर, काठमाडौँ :  भारतीय ख्यातिप्राप्त गायिका आशा भोस्ले, बरिष्ठ संगीतकार रंजित गजमेरमा समर्पित कार्यक्रम, ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’का लागि आफ्नो प्रस्तुति दिन नेपाल आउदै छिन्। उनले नेपाली चलचित्रका ६० ओटा गीतमा आवाज दिएकी छिन्। सन् २०११ मा सबैभन्दा धेरै गीत गाएर गिनिज बुक्स अफ वर्ल्ड रेकोर्ड राखेकी गायिका भोस्ले पौष १२ मा काठमाडौँ स्थित सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएकी छिन। ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रममा आउने उनि ५ दिन नेपाल यात्रामा हुने छिन।

 

पौष ९ मा काठमाडौँ आईपुग्ने उनि पशुपतिनाथ र स्वयम्भुनाथ दर्शन गर्ने योजनामा छिन। पौष १२ गतेमा हुने कार्यक्रमको लागि उनले ११ गते तयारी गर्ने सँगसंगै भारतीय राजदुतावासमा सोहिदिन नै रात्रीभोजमा समेत सरिक हुने तालिका रहेको छ। मोहनी लग्न है, म प्यार बेचीदिन्छु जस्ता यादगार गीत गएकी उनले नेपाली भाषाका विभिन्न गीतहरु नेपाली दर्शकहरु माझ पस्किने छिन। साढे दुई घण्टा लामो कार्यक्रममा संगीतकार रंजित गजमेरको संगीतमा सजिएको चर्चित नेपाली गीत गाउने जानकारी कार्यक्रम संयोजक आशा गौतमले दिएकि छिन। भोस्लेलाई नेपाली सांगीतिक दुनियामा जोड्ने पूलका रुपमा परिचित एक स्थापित नाम रंजित गजमेर माथि समर्पित कार्यक्रमलाई साधना कला केन्द्रद्वारा आयोजना गरिएको हो। यस अघि सोहि कला केन्द्रले बलिउडको चर्चित गायिका साधना सरगमलाई महा नायक राजेश हमाल माथि समर्पित कार्यक्रममा नेपाल आमन्त्रण गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्