निर्मला हत्याकाण्डमा आधारित ‘कोपिला’ ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – शिवम अधिकारी निर्देशित फिल्म ‘कोपिला’को ट्रेलर रिलिज गरिएको छ । फिल्म भीमदत्त नगरपालिका कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्त हत्याकाण्डमा आधारित छ ।

४९ सेकेण्ड लामो ट्रेलरमा हत्या पछि परिवारमा उब्जेको परिस्थिति प्रस्तुत छ । फिल्ममा सरिता गिरी, गणेश गिरी, सञ्जिवनी खरेल, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय छ ।

‘कोपिला’को भूमिका सञ्जिवनी खरेलले निर्वाह गरेकी छन् । ट्रेलरको अन्त्यमा निर्मलाको आमा दुर्गादेवी पन्त र दिदिले फिल्म हेरिदिन आग्रह गरेका छन् ।

कलावती फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा मणिराज गौतमले लगानी गरेका छन् । फिल्ममा दीपक शर्माको संगीत, बन्दे प्रसादको सम्पादन र रामेश्वर कार्कीको डिओपी छ । फिल्मको रिलिज डेट भने फाइनल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्