‘दि कर्मा’ गीतमा नीताको कामुक नृत्य



रंगखबर, काठमाडौँ – माघ १७ रिलिज तयारी गरिरहेको फिल्म ‘दि कर्मा’को गीत सार्वजनिक गरिएको छ । ‘बजार लाग्या छ’ आइटम नम्बरमा अभिनेत्री नीता ढुंगानाले कामुक नृत्य पस्केकी छन् । उनलाई फिल्मका मुख्य कलाकार करण वर्माले साथ दिएका छन् ।

गीतमा परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ पनि छन् । कोशिस क्षेत्रीको शब्द, संगीतमा तयार गीतमा मनिषा पोखरेलले स्वर दिएकी छन् । भने, रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

नेपाल र भारतको सिमानामा हुने घटनालाई बुनेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा नीता, परमिता, बुद्दि र करणसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतले पनि अभिनय गरेका छन् ।

फिल्मको कथा जयराज रायले लेखेका हुन् ।  जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा लेखक रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्