सोचेजस्तो भएन ‘दबंग ३’को ओपनिङ, यस्तो रह्यो पहिलो दिन !



रंगखबर, काठमाडौँ – सलमान खानको बहुप्रतिक्षित फिल्म ‘दबंग ३’ले बक्सअफिसमा राम्रो ओपनिङ गरेको छ । ट्रेडका अनुसार फिल्मले २४.५० करोडको ओपनिङ गर्यो । तर, यो सोचेजस्तो व्यापार भने होइन ।

फिल्मले पहिलो दिन ३० देखि ३२ करोडसम्मको व्यापार गर्ने अनुमान थियो । तर, भारतमा चर्किएको नागरिकता संशोधनविरुद्दको आन्दोलनले व्यापारमा धक्का पुर्यायो । यसै वर्ष रिलिज सलमानको ‘भारत’ले पहिलो दिन ४२.३० करोडको व्यापार गरेको थियो ।

सलमानका पछिल्ला फिल्मको अगाडी यो कमजोर ओपनिङ हो । बक्सअफिसमा औसत रहेको ‘रेस ३’ले पहिलो दिन २९.१७ करोडको व्यापार गरेको थियो । ब्लकबस्टर फिल्म ‘टाइगर जिन्दा हे’को व्यापार ३४.१० करोड थियो ।

सन् २०१० मा रिलिज भएको ‘दबंग ३’ मार्फत सलमानले पहिलो पटक सय करोड क्लबमा इन्ट्री मारेका थिए । उक्त फिल्मको ओपनिङ १४.५० करोड थियो । यस्तै २०१२ मा रिलिज ‘दबंग २’ले २१.१० ओपनिङ गर्यो । करिब ७ वर्ष पछि रिलिज भएको ‘दबंग’को तेस्रो फ्रेञ्चाइजमा खास उछाल देखिएन ।

‘दबंग २’ को तुलनामा ‘दबंग ३’को व्यापारिक उछाल १३.८७ प्रतिशत मात्र छ । भने, ‘भारत’को तुलनामा ४२.०८ प्रतिशत गिरावट हो ।

मिश्रीत प्रतिक्रिया बटुलेको फिल्मले आइतबार र बुधबारको विदा राम्रो व्यापार गर्ने अनुमान छ । बुधबार क्रिसमसको विदा परेको छ ।

प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेकरलगायतको प्रमुख भूमिका छ । कप्स ड्रामाले वदलाको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्