पौराणिक कथाको ‘जिउँदो’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – ‘जिउँदो’को ट्रेलर रिलिज गरिएको छ । पौराणिक कथामा निर्माण भएको फिल्मलाई अलमिस्ट सुब्बाले निर्देशन गरेका हुन् ।

दार्जिलिङका बिभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङलगायतका कलाकारको अभिनय छ ।

माघ वा फागुनमा रिलिज गरिने लक्ष्य राखिएको फिल्ममा निर्देशक सुब्बाको कथा, पटकथा र संवाद छ । अलमिस्ट प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्ममा अभिजित सरकारको कार्यकारी निर्माण छ । फिल्मका निर्मातामा रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा छन् ।

फिल्ममा भास्कर थामीको छायांकन, समीर शर्मा/रजत विश्वास/अभिषेक ‘पिकोलो’ राई/सुमित राई/दिवस विश्वासको संगीत र चंचल थापा/स्यानन्त/ निर्देशक सुब्बाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्