कंगना स्टारर ‘पंगा’ ट्रेलर, गृहिणीको कबड्डीमा कमब्याक



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनाउतको नयाँ फिल्म ‘पंगा’को ट्रेलर रिलिज गरिएको छ । फिल्ममा कंगनाले एक जया नामकी कबड्डी खेलाडीको भूमिका निर्वाह गरेकी छन् ।

जो एक समय भारतीय कबड्डी टिमको कप्तान हुन्छिन् । त्यसपश्चात जया पारिवारिक जीवनमा प्रवेश गर्छिन । उसको जीवनमा अब श्रीमान र एक छोरा पनि भैसकेका छन् ।

जया भलै पारिवारिक जीवनमा खुसि छिन्, तर उनि आफ्नो विवाह अगाडीको जीवन भुल्न सक्दिनन् । सपनामा पनि उनलाई कबड्डीको भुतले छोड्दैन । त्यसपछि उनले कबड्डीमा कमब्याक गर्ने निर्णय लिन्छिन ।

वैवाहिक जीवनको वावजुत उनि कसरी कबड्डीमा कमब्याक गर्छिन र देशको नाम चिनाउनमा कस्तो योगदान पुर्याउछिन ? यो नै फिल्मको कथा हो ।

फिल्मको कथा एक हदसम्म प्रियंका चोपडाको हिट फिल्म ‘मेरी कोम’सँग मिल्छ । ‘मेरी कोम’ र ‘पंगा’को जनरा स्पोर्ट हो । त्यसैले यसलाई मिश्रीत प्रतिक्रिया मिलिरहेको छ ।

अश्विनी अय्यर तिवारीले निर्देशन गरेको फिल्मको ट्रेलरमा कंगना छाएकी छन् । उनको अभिनय सरल लाग्छ । प्रत्येक फिल्ममा प्रभावशाली अभिनय पस्केकी कंगनाले यस फिल्मबाट कस्तो प्रतिक्रिया पाउछिन, त्यो हेर्न बाँकी छ ।

फिल्ममा कंगनासँगै नीना गुप्ता, रिचा चड्ढा, पंकज त्रिपाठी र जस्सी गिललगायतको पनि मुख्य भूमिका छ । फिल्म जनवरी २४ मा रिलिज हुँदैछ ।

यहि मितिमा वरुण धवन र श्रद्धा कपूर स्टारर फिल्म ‘स्ट्रिट डान्सर’ पनि रिलिज हुँदैछ । फरक जनराका दुई फिल्मको बक्सअफिस भिडन्त रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्