‘दि कर्मा’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ : माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाईएको छ भने नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

ट्रेलर हेर्नुस :

 

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्