काँधमा चढेर लिपलक गरेको पोस्टरले आदित्य र दिशा बने ट्रोल



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘मलंग’ रिलिजको संघारमा छ । रिलिज डेट निजिकिदै गर्दा निर्माण पक्षले फिल्मको प्रचार सामाग्री बाहिर ल्याइरहेको छ ।

यसै बीच दुई दिन अगाडी रिलिज भएको एक पोस्टर सामाजिक संजालमा भाइरल भैरहेको छ । पोस्टरमा काँधमा चढेर दिशा पटानीले आदित्य रोय कपूरसँग लिपलक किस गरेकी छन् ।

अहिले यस पोस्टरलाई लिएर सामाजिक संजालमा थुप्रै ट्रोल र मिम्स बनेका छन् । विशेष गरि पोस्टरको धज्जी उडाउने खालका मिम्स भाइरल भएका छन् ।


मोहित सुरीले निर्देशन गरेको ‘मलंग’मा आदित्य र दिशासँगै अनिल कपूर, कुनल खेमुलगायतका कलाकारको अभिनय छ । फिल्म ७ फेब्रुअरीमा रिलिज हुँदैछ ।

हेरौँ ट्रोल र मिम्स:-

प्रतिक्रिया दिनुहोस्