‘सेल्फी किङ’ ट्रेलर: स्टारडमको भूमरीमा एक हास्य कलाकार



रंगखबर, काठमाडौँ – राष्ट्रिय अवार्ड विजेता अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘सेल्फी किङ’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार राजधानी आयोजित प्रेसमिटमा ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मबारे जानकारी बाँड्यो ।

ट्रेलरमा विपिन हाइलाइट छन् । उनि शिर्ष कलाकार हुन् । उनकै वरिपरि ट्रेलरले चक्कर मार्छ । एउटा हास्य कलाकारको लोकप्रियता र त्यसले जीवनमा ल्याउने उतारचढाव बीचको दृश्य ट्रेलरमा अटाएका छन् ।

फिल्मलाई पहिलो पटक विशाल सापकोटाले निर्देशन गरेका हुन् । ‘मैले एक आर्टिकलबाट फिल्मको कथा उठाएको हुँ । यसलाई फिक्सनाइज गरेर ‘सेल्फी किङ’ निर्माण गरेका छौँ । एक हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथा हो । उसको जीवनमा आउने उतारचढाव कथामा बुनेका छौँ ।’ निर्देशक सापकोटाले भने ।

माघ २४ गते रिलिज हुने फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक स्वयम्ले लेखेको कथामा दिनेश राउत र सुभाष थापाले लगानी गरेका छन् । प्रवल कोइराला र राजेश बिशुराल फिल्मका सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्