‘छपाक’को प्रदर्शन नरोक्न अदालतको आदेश, अपर्णाको पक्षमा यस्तो फैसला



रंगखबर, काठमाडौँ – पटियाला हाउस कोर्टले बलिउड फिल्म ‘छपाक’को प्रदर्शन नरोक्न आदेश दिएको छ । एसिड आक्रमण पिडित लक्ष्मी अग्रवालकी वकिल अपर्णा भट्टले आफुलाई फिल्ममा कुनै पनि श्रेय नदिइएको भन्दै प्रदर्शन रोक माग गर्दै अदालतमा उजुरी दिएकी थिइन् ।

साथै, अदालतले फिल्म निर्माण कम्पनिलाई अपर्णाको गरेको काममा श्रेय दिन पनि आग्रह गरेको छ । अपर्णालाई श्रेय दिएर अब फिल्म शुक्रबारबाटै प्रदर्शनमा आउने भएको छ ।

यो फिल्म दिल्लीमा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । उनि एसिड आक्रमणमा परेपछि अपर्णाले उनको मुद्धा करिव दुई वर्षसम्म हेरेकी थिइन् । लक्ष्मीको जीवनमा आफुले पुर्याएको सहयोगको कुनै पनि श्रेय नदिएको भन्दै अपर्णाले फिल्म प्रदर्शनमा रोक माग गर्दै पटियाला हाउस कोर्टमा निवेदन दिएकी हुन् ।

स्क्रिप्ट लेखनको क्रममा निर्माताले फिल्ममा उनलाई श्रेय दिने बताएका थिए । तर, पछि आएर धोका दिएपछि अपर्णाले कठोर निर्णय लिएकी हुन् । उनले आफुलाई पैसाको लालच नभएको बताएकी छन् । उनी मात्र फिल्ममा आफुले गरेको कामको श्रेय चाहन्छिन ।

मेघना गुल्जारले निर्देशन गरेको यस फिल्ममा दीपिका पादुकोणले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छन् । उनिसँगै फिल्ममा विक्रान्त मेस्सी, विशाल दहिया, मधूर्जित सार्घी, अंकित बिष्टलगायतका कलाकारको अभिनय छ । फिल्म भारतसँगै नेपालमा भोलि शुक्रबारदेखि प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्