‘लप्पन छप्पन २’ टिजर रिलिज, बैशाखमा प्रदर्शन



रंगखबर, काठमाडौँ – नयाँ रिलिज मितिसहित फिल्म ‘लप्पन छप्पन २’को टिजर आउट गरिएको छ । मुकुन्द भट्ट निर्देशित एक्सन फिल्म अब बैशाख १२ गते रिलिज हुनेछ ।

१.२३ मिनेट लामो टिजर पूर्ण रुपमा एक्सनले भरिएको छ । फिल्मको कथा टिजरमा ठम्याउन गाह्रो पर्छ । ३ सय मिलियन डलरको चलखेल फिल्मको कथा हुन सक्ने अनुमान गर्न सकिन्छ ।

टिजरमा देखाइएको कलाकारको अवतारले दर्शकमा कौतुहलता पैदा गर्छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, दीपक क्षेत्री जस्ता कलाकारको उपस्थितिले टिजर बलियो बनेको छ ।

निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा, संवादमा गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टले अभिनय गरेका छन् । भने, यसै फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्ताले डेब्यु गर्दैछन् ।

फिल्मको पटकथामा अमित शर्माले पनि साथ दिएका छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल, सन्तोषचन्द्र भक्रेलले निर्माण गरेको फिल्ममा निर्देशक भट्टसहित हिमाल केसीको एक्सन र मिलन श्रेष्ठको सम्पादन छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्