चलचित्र संघको अध्यक्षमा मधुसुधन



नेपाल चलचित्र संघको ४६ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सम्पन्न भएसँगै संघले नयाँ अध्यक्ष पाएको छ । अध्यक्ष पदमा मधुसुधन प्रधान निर्विरोध चयन भएका छन् ।

अध्यक्ष पदका मधुसुधनसँगै विरेन्द्र नारायण श्रेष्ठको नाम चर्चामा थियो । दुवै अध्यक्ष पद नछाड्ने मनसायमा पुगेपछि तीन पुर्व अध्यक्षको पहलमा दुवै जनालाई बाँडीचुडी कार्यकाल सम्हाल्ने जिम्मेवारी दिइएको हो । अब मधुसुधनको डेढ वर्षे कार्यकाल पश्चात अध्यक्ष पदमा विरेन्द्र आउनेछन् ।

साधारण सभाबाट सदस्यमा पनि १३ जना निर्विरोध चयन भएका छन् । निर्विरोध चयन हुनेमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुंगाना, अर्जुन श्रेष्ठ, गोविन्द शाही, कपिलप्रसाद द्धा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुवेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर र निरज गुप्ता छन् ।

यस्तै, पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा. सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन् ।

संघको पहिलो बैठकले निर्वाचित सदस्यहरुको कार्यविभाजन गर्ने बताइएको छ । नेपाल चलचित्र संघ हल संचालक तथा वितरकहरुको साझा संस्था हो ।

प्रतिक्रिया दिनुहोस्