‘नियत’माथि फिल्म नै बनाऊँजस्तो लाग्यो – रेखा थापा



रंगखबर, काठमाडौँ – फिल्म पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच उनको पुस्तक अभिनेत्रीद्वय रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन् ।

नेपाली फिल्म क्षेत्र भित्र हुने महिला माथिको नियतमा आधारित पुस्तकको बारेमा उपस्थित पाहुनाले सकारात्मक प्रतिक्रिया दिए । अभिनेत्री रेखा थापाले पुस्तकको खुलेरै प्रशंसा गरिन् ।

पछिल्लो समय फिल्म मार्फत माहिलाका विषयमा आवाज उठाउदै आएकी रेखाले खड्कालाई बधाई तथा शुभकामना दिदै पुस्तकले आफुलाई प्रभावित बनाएको बताइन ।

‘किताब असाध्यै मनपर्यो। जति पटक किताब पढ्‍यो उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा किताबका कथा रुचिपूर्ण लागे।’ उनले अगाडी थपिन ‘अहिले महिला मात्र नभएर पुरुष पनि शोषणमा परेका छन् । पुरुष माथि पनि कसैले लेखिदिनु पर्यो ।’

यस्तै स्वस्तिमा खड्काले पनि किताबले आफुलाई छोएको बताइन । कहिल्यै किताब नपढ्ने बानी भएपनि यसपटक आफुले ‘नियत’ पढेको र सिरियस व्यक्तिसँग काम गरिरहेकाले यस्तो खालको नियती भोग्नु नपरेको बताइन ।

अभिनेत्री लक्ष्मी वर्देवाले पुस्तकको वास्तविकताले आफुलाई प्रभावित तुल्याएको बताइन ।

कार्यक्रममा अभिनेत्रीहरुको पहिरण, पारिवारिक समस्या, संघर्ष बेलाका असुरक्षा, स्त्री जनन्द्रीयलाई लिएर हेरिने दृष्टिकोण विषयक अन्तरक्रिया गरिएको थियो ।

तस्विर: डिबी खड्काको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्