तथानाम गालिसहित आक्रोश पोखेकी आस्थाले प्रहरीसँग मागिन् माफी



रंगखबर, काठमाडौँ – गायिका आस्था राउत आफ्नो कडा टिप्पणीका कारण बेला बखत विवादमा तानिने गर्छिन् । नेपाल प्रहरीलाई आक्रोशपूर्ण गाली गरेका कारण फेरी उनि विवादमा तानिएकी छन् ।

हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले फेसबुक लाइभमार्फत प्रहरीको धज्जी उडाउदै मनभरिको भडास पोखिन् ।

भिडियोमा उनले प्रहरीलाई अपशब्द पनि प्रयोग गरेकी छन् । उनको भिडियो सामाजिक संजालमा भाइरल भएपछी अहिले नकारात्मक र सकारात्मक कमेन्टको प्रहार भेट्नु परेको छ ।

लाइभपछि आस्थाको बोली

लाइभ भिडियोमा थुप्रै नकारात्मक कमेन्ट आएपछि आस्थाले प्रहरीसँग माफि माग्दै २ वटा स्टाटस पनि लेखेकी छन् । उनले यसअघि कान्तिपुरसँगको कुराकानीमा पनि घटनाको बेलिबिस्तार लगाएकी थिइन् ।

कान्तिपुरसँगको कुरा:- हिजो बिहीबार १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थियो। उडान ‘डिले’ भयो। बोर्डिङ पास लिने काउन्टर नजिककै कफी सपमा बसिरहेकी थिएँ। एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें।

दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन। तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो। जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन। बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे।

फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें। ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन्। मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन्। मेरो कफी हातबाट लिएर कतै राखिदिइन्। चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन्।

एकातिर दुव्यर्वहार, अर्कातिर हतार। मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें। उनले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको थियो।

त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए। तर सबैले हेरि मात्र रहे, केही बोल्नेन्। हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला? अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन। यो त युनिफर्मको दादागिरी हो। म महिलाबाटै पीडित भएँ। ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन?

भद्रपुर विमानस्थलबाट निस्किएपछि माघे संक्रान्तिको शुभकामना दिउँ अनि ममाथिको दुव्यवर्हारबारे पनि केही भनुम भनेर लाइभ आएको थिएँ। तर बोल्दै जाँदा अलि चर्को बोलेछु। पीडितको आवाज हो त्यो, मेरो भडास हो। मेरो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु हुनुहुन्छ। म संगठनको रेस्पेक्ट गर्छु।

तर, मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन।एकजना प्रहरीले गरेको व्यवहारका कारण मैले सबैप्रति आक्रोश पोख्न पुगें। मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ। यद्यपी मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु।

आस्थाको स्टाटस:-

नेपाल प्रहरीले अहिले घटनाको छानबिन गर्ने बताएको छ । भने, आस्थाले प्रयोग गरेका अपशब्द माथि आपत्ती जनाएको छ ।

सामाजिक संजालमा आस्थाको आक्रोसलाई लिएर आलोचना भैरहेको छ । राष्ट्रको ठुलो ओदामा रहेको कलाकारले यसरी अपशब्द प्रयोग गर्नु शोभानिय नभएको तर्क भैरहेका छन् ।

आस्थाले चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल – सिजन २’मा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस्