सौगात र सृष्टिको ‘माइकल अधिकारी’ छायांकनमा



रंगखबर, काठमाडौँ – सेरोगेसी मुद्दामा निर्माण हुन् लागेको फिल्म ‘माइकल अधिकारी’को छायांकन सुरु गरिएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म झापाको विर्तामोडबाट छायांकनमा निस्किएको हो ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने फिल्मलाई रञ्‍जित रौनियारले निर्देशन गर्नेछन् । फिल्ममा कथा पनि उनकै छ ।

उद्धव पौडेलको प्रस्तुति रहने सिनेमामा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारको अभिनय रहनेछ ।

निरक पौडेलको लगानी रहने फिल्मलाई चैत २८ गते रिलिजको लक्ष्य राखिएको छ । यो मितिमा आशा गरिएका ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ पनि रिलिज हुँदैछन् ।

सौगात र सृष्टि अभिनित पछिल्लो फिल्म ‘पोइ पर्यो काले’ले व्यावसायिक सफलता पाउन सकेको थिएन । त्यसैले यो रियल जोडीलाई यस बिग व्यानरको फिल्मबाट आशा छ ।

प्रतिक्रिया दिनुहोस्