राजधानीमा तेस्रो निफ, यस्ता छन् विशेषता



तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) घोषणा गरिएको छ । राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फागुन १ देखि ५ सम्म चल्ने महोत्सवबारे विहिबार राजधानीमा एक प्रेसमिट गरेर जानकारी बाँडियो ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा बोकेको निफमा यसपटक ८० फिल्म प्रदर्शन हुनेछन । ५५ देशका ६ सय बढी फिल्मबाट आयोजकले उत्कृष्ट ८० सिनेमा छानेको हो ।

जस अन्तर्गत अन्तर्राष्ट्रिय कथानकमा १०, लघुमा ३५, नेपाली कथानकमा ५, नेपाली लघुमा १५, वृतचित्रमा ८ र एनिमेटेडमा ६ फिल्मले  प्रतिष्पर्धा गर्नेछन ।

नेपाली फिल्मको रचनात्मक विकासको उद्येश्यसहित आयोजना हुने महोत्सवमा प्रतिष्पर्धामा उत्कृष्ट सिनेमालाई बिभिन्न पुरस्कार र अवार्डको व्यवस्था गरिएको छ ।

कथानक अन्तर्गतका फिल्मको मुल्यांकन बलिउड निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले गर्नेछ । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरे फिल्ममेकर युनी हाडी सदस्य रहनेछ ।

यस्तै वृतचित्र, लघु चलचित्र र एनिमेटेड चलचित्रको जुरीमा श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गर्नेछिन् । उनको सहयोगीको रुपमा थिबाउट फ्रेक र करुण थापा छन् ।

महोत्सवको क्रममा अभिनेता राजेश हमालले आफ्नो अभिनय यात्राको अनुभव सुनाउने छन् । भने, बिभिन्न विषयक छलफल पनि हुनेछन ।

पुरस्कार र अवार्ड

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा
उत्कृष्ट फिल्म:- १ हजार ५ सय अमेरिकी डलर र गौतम बुद्ध अवार्ड
उत्कृष्ट वृतचित्र:- १ हजार अमेरिकी डलर र माउन्ट एभरेस्ट अवार्ड
उत्कृष्ट एनिमेटेड फिल्म:- ७ सय ५० अमेरिकी डलर र मञ्जुश्री अवार्ड
उत्कृष्ट लघु फिल्म: ५ सय डलर अमेरिकी डलर र वाग्मती अवार्ड

नेपाली प्रतिष्पर्धा
उत्कृष्ट फिल्म:- १ लाख रुपैयाँ पुरस्कार
उत्कृष्ट लघु फिल्म:- ४० हजार रुपैयाँ पुरस्कार
कथानक सिनेमा विधागत ट्रफी:- उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्री

प्रतिक्रिया दिनुहोस्