‘लभ डायरिज’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को ट्रेलर रिलिज गरिएको छ । कलरफुल ट्रेलरमा सुशील र डेब्यु गर्ल रुबिना बीचको प्रेम देखाइएको छ ।

दुई जनाको भनाभनबाट सुरु हुने ट्रेलर, रोमान्टिक प्रेम बुन्दै विछोडमा पुगेर टुंगिएको छ । भनाभनदेखि प्रेमिल संवादले ट्रेलर भरिएको छ । संजय लामाको छायांकन प्रष्ट छ । भने, प्रोडक्सन भ्यालु रिच देखिन्छ ।

सौरभ चौधरी निर्देशित फिल्मबाट विश्वजित रिमालले पनि डेब्यु गरेका छन् । उनलाई पनि प्रमुख पात्रमा देख्न सकिन्छ । शाहील खानको सहनिर्देशन रहेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका छन् ।

विनोद सापकोटाले निर्माण गरेको फिल्ममा अर्जुन पोखरेलको संगीत, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन २ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्