‘चपली हाइट ३’को गीतमा स्वस्तिमा र सुपुष्पाको यस्तो अवतार



चैत २८ गते रिलिज हुने फिल्म चपली हाइट ३ को सम्पूर्ण छायांकन सकिएको छ । फिल्ममा समावेश चारानाको मसला बोलको गीत खिचेसँगै छायांकन पुरा भएको हो ।

काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा कलाकार स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ । गीतमा स्वस्तिमा र सुपुष्पाको बोल्ड रुप देख्न सकिन्छ ।

गीतमा सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

सस्पेन्स थ्रिलर सिनेमालाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन कुमारले निर्माण गरेको फिल्ममा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्