‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’



रंगखबर, काठमाडौँ – फागुन ९ गते रिलिज हुने फिल्म ‘आमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मार्मिक गीतले आमाको समर्पण, त्याग र प्रेम महसुस गराउछ ।

सुभाष भुसालले संगीत दिएको गीतमा भुपेन्द्र खड्काको शब्द रचना छ । भने, केतन क्षेत्रीले स्वर दिएका छन् । फिल्मको शिर्ष भूमिकामा मिथिला शर्मा छिन् ।

फिल्ममा सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक खनालकै लेखन र छायांकन पनि रहेको फिल्मले ट्रेलर रिलिज पश्चात आशा बढाएको छ । ट्रेलरमा आएका सकारात्मक कमेन्टले निर्माण पक्ष हर्षित छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित फिल्ममा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्