‘चाराना मसला’मा स्वस्तिमा र सुपुष्पाको बोल्ड ठुम्का



अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चारानाको मसला’ बोलमा फिल्मका कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामा फिचर्ड छन् ।

सुभाष भुषालको संगीतमा तयार गीतमा राज खम्बु र अश्मिता अधिकारीले आवाज दिएका छन् । डिपी खनालको शब्द शृजनामा प्रदीप लामा र द नेक्स्ट टिमले स्टेप्स सिकाएका छन् ।

निकेश खड्काले निर्देशन गरेको फिल्ममा स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसँगै अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

आकाश बरालको लेखन र संवाद रहेको फिल्ममा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्म चैत २८ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्