गायक सुरजको ‘तिमि छौ र त’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक सुरज तामाङको नयाँ गीत ‘तिमि छौ र त’ सार्वजनिक भएको छ । गायकीमा सुरजलाई जमुना बन्जितले साथ दिएकी छन् ।

सुरज तामाङकै संगीत रहेको गीतमा धुर्व केसीको शब्द रचना र देवेश राईको एरेञ्ज छ । सिम्पल खरेलले निर्देशन गरेको म्यजिक भिडियोमा स्वयम् खरेल र बिमल पुरी फिचर्ड छन् ।

बिआरपी प्रोडक्सनले उत्पादन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्