‘मन्त्र’ टिजर: हिमालको काखमा सौगात र दीयाको प्रेमकथा



रंगखबर, काठमाडौँ – सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । उच्च हिमाली क्षेत्र मनास्लु आसपासमा खिचिएको फिल्मले लभस्टोरी भन्छ ।

गोरखाको मनास्लु क्षेत्रमा पहिलो पटक खिचिएको फिल्म भएका कारण दृश्यले दर्शकलाई लोभ्याउने निर्माण पक्षको आशा छ । यस्तै खिलबहादुर गुरुङ निर्देशित फिल्ममा सौगात र दीयाले पहिलो पटक स्क्रिन शेयर गरेका हुन् ।

साम्तेन भुटियाले लेखेको फिल्ममा नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ । २०७७ नयाँ वर्ष रिलिजको लक्ष्य राखेको सिनेमामा शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्मका निर्माता मनोज राजभण्डारी हुन् । भने, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्