चलचित्र पत्रकार संघ हेटौंडा शाखामा मणिराज गौतम निर्विरोध



राजधानीमा चलचित्र पत्रकार संघको केन्दीय साधारण सभाको तयारी हुँदै गर्दा मोफसलका शाखाले नयाँ नेतृत्व चयन गरिरहेका छन् । दाङ र रुपन्देही शाखाले क्रमस… शिव पुन र सुमन श्रेष्ठ नेतृत्व पाइसकेको छ ।

यसै क्रममा मकवानपुर, हेटौंडा शाखाले मणिराज गौतमको नेतृत्व पाएको छ । गौतमलाई संघले निर्विरोध अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन, सह-सचिवमा रविन्द्र गौतम, कोषाध्यक्षमा मनोज देवकोटा निर्विरोध चयन भएका छन् ।

सदस्यमा अमृता पराजुली, दर्शन क्षेत्री, दीपक सिंह रुम्बा र सन्नु रिजाल छन् । यस्तै केन्दीय प्रतिनिधिमा मणिराज गौतम र रामप्रसाद पण्डित चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्