यस्तो छ ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर



रंगखबर, काठमाडौँ : सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म  ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ ।  करिब ३ मिनेट १० सकेन्ड लामो ट्रेलरमा मुख्य पात्र पल र पूजा हावी भएका छन।  म्युजिकल लभ स्टोरी फिल्ममा पल र पूजा दुवैलाई  कलाकारको रुपमा देखाउन खोजिएको छ।  सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा सुदर्शन थापा र पूजा शर्मा निर्माताका रुपमा  रहेका छन् भने जन्मजय साम्पाङ राई सह–निर्माता रहेका छन् ।  शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन रहेको छ।

 

फिल्ममा पुजा र पलका साथमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।यस अघि फागुन २३ गतेलाई रिलिज मिति तय गरिएको फिल्म अब भने  फागुन ३० गतेबाट अल नेपाल रिलिज हुनेछ। पुर्व निर्धारित मितिमा बलिउड फिल्म बाघी ३ आउँने भएपछि ‘म यस्तो गीत गाउँछु २’ ले आफ्नो पर्दर्शन मिति सार्नु परेको हो।

प्रतिक्रिया दिनुहोस्