जेठ पहिलो साता पूजा र आकाशको ‘सम्झना बिर्सना’



रंगखबर, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ अब रिलिजको लागि तयार भएको छ । निर्माण पक्षले फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट पनि फाइनल गरेको छ ।

म्युजिकल लभस्टोरी फिल्म आगामी वर्षको जेठ २ गते रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा पूजा र आकाशको रोमान्टिक अवतार चित्रित छ । घोडामा चढेकी पूजालाई आकाशले डोर्याइरहेका छन् ।

निमेष प्रधानले निर्देशन गरेको फिल्म नेपाल, दार्जिलिङ र सिक्किमको जीवन पद्दतिमा आधारित छ । निर्देशक प्रधानको कथा र पटकथामा सुनिल थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतले पनि अभिनय गरेका छन् ।

आदित्य प्रधान र रेविका प्रधानले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।

आकाश र पूजा अभिनित ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको तीजमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्