‘ए नि लै’ गीतमा ‘सेन्टी भाइरस’ कलाकारको पिडा



रंगखबर, काठमाडौँ – भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए नि लै’ बोलको गीत कलाकारको वेदनाले भरिएको छ । लिरिकल भिडियोमा फिल्मका कलाकारको पिडा देखाइएको छ ।

सुशान्त गौतमको संगीत आवाज रहेको गीतमा हर्क साउदको शब्द रचना छ । यो फिल्मको तेस्रो गीत हो । यसअघि ‘फनफनी’ र ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत रिलिज भैसकेका छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्मलाई लिएर सम्पूर्ण फिल्मकर्मीले आशा गरेका छन् । मल्टीप्लेक्समा राम्रो शो पाएपछि फिल्मले बम्पर व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मले कमाएको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट रंगशालामा खर्च गरिनेछ ।

फिल्ममा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्ममा डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्