कानुनी रुपमा एक भए प्रियंका-आयुषमान, विजयको सरप्राइज विवाह



रंगखबर, काठमाडौँ – आज विहिबार कलाकारद्वय प्रियंका कार्की र आयुषमान देशराज जोशी ‘आयंका’ विवाहिक जीवनमा बाँधिएका छन् । दुवैले आज कानुनी विवाह गरेका हुन् । भोली शुक्रबार धार्मिक रुपमा विवाह हुनेछ ।

प्रियंकाको आजै जन्मदिन पनि हो । अहिले विवाह र जन्मदिनको उत्सवमा प्रियंका रमाइरहेकी छन् ।

यस्तै आजै अर्का कलाकार विजय बरालले पनि विवाह गरेका छन् । उनले प्रेमिका प्रमिला खनालसँग लगनगाँठो कसेका हुन् । विजयको विवाहको बारेमा भने धेरै मिडिया बेखबर थिए । उनको विवाह फिल्मकर्मीको लागि सरप्राइज सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्