फ्लोरमा ‘ए मेरो हजुर ४’



रंगखबर, काठमाडौँ – अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत स्टारर फिल्म ‘ए मेरो हजुर ४’ फ्लोरमा उत्रिएको छ । म्युजिकल लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन ।

शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा शुभसाइत गरेसँगै फिल्मको छायांकन सुरु भएको हो ।

काठमाडौँमा केहि दृश्य खिचेर युनिट आजै पोखरा हानिदैछ । पोखरामा १० र काठमाडौँ/ललितपुरमा सिनेमाको ३० दिने छायांकन सेड्युल तय गरिएको छ । यस्तै अमेरिका, युरोप र ओमानमा फिल्मको गीत खिचिनेछ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको फूलपातीमा रिलिज हुँदैछ ।

‘ए मेरो हजुर’ लभस्टोरी जनरामा सफल फ्रेञ्चाइज हो । यसका अघिल्ला तीन शृंखला बक्सअफिसमा सुपरहिट थिए ।

प्रतिक्रिया दिनुहोस्