बक्सअफिस: ‘आमा’को लगानी रिकभर, पहिलो सातामा २ करोड पार



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले पहिलो साता नेपाली बक्सअफिसमा २.०७ करोडको व्यापार गर्न सफल भएको छ । वितरक करण श्रेष्ठले सात दिने रिपोर्ट सार्वजनिक गरे ।

पहिलो दुई दिनमा १.३० करोड कमाएको फिल्मले बाँकी पाँच दिनमा ७७ लाखको व्यापार गर्यो । कुल कलेक्सनमा राजधानीबाट १.४५ करोड र मोफसलबाट ६२ लाखको योगदान छ । यसअर्थमा सानो बजेटमा निर्माण भएको फिल्मले पहिलो सातामै लगानी रिकभर गरेको छ ।

दोस्रो साताको व्यापारले निर्मातालाई मुनाफा दिनेछ । समिक्षात्मक र दर्शक प्रतिक्रियामा खरो उत्रिएको फिल्मले दोस्रो सातामा पनि राम्रो होल्ड गर्ने आशा छ । दोस्रो शुक्रबार ५० प्रतिशत आसपासमा देखिएको अकुपेन्सी शनिबार शतप्रतिशतमा पुग्न सक्छ । मल्टीप्लेक्समा अधिकाँस शोको बुकिङ राम्रो छ ।

‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्