‘हिरो रिटर्न्स’ ट्रेलर: रेखा-सविनको प्रेम र एक्सन



रेखा थापा र सविन श्रेष्ठ स्टारर फिल्म ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन प्रधान ट्रेलरले प्रेमकथा बोल्छ ।

आशिष भेटवालले निर्देशन गरेको फिल्ममा रेखा र सविनसँगै दिल श्रेष्ठको मुख्य भूमिका छ । गत वर्षको ‘मालिका’ पछाडी यो नै रेखा अभिनित फिल्म रिलिज हुन् लागेको हो ।

‘हिरो रिटर्न्स’ निर्माणको लामो समय पश्चात रिलिज हुन् लागेको हो । तर, अभिनेत्री थापा सिर्जना कहिल्यै पुरानो नहुने र फिल्मको कन्टेन्ट बलियो भएको दावी गरिन । ‘रिलिज अलि ढिला भयो । तर, फिल्म पुरानो भएको छैन । सिर्जना कहिल्यै पुरानो हुँदैन । नत्र भने अहिले पनि किन हामिलाई ‘दर्पण छायाँ’ले बाँधेर राख्छ त ।’ उनले भनिन ।

बैशाख २६ देखि रिलिज हुने फिल्ममा दीपक शर्मा/टंक बुढाथोकीको संगीत, चन्द पन्तको एक्सन, शिवम अधिकारीको कथा/पटकथा/संवाद, मदन कस्यप घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

धुर्वतारा फिल्मस र सोम ओम शिव फिल्मसको प्रस्तुति ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने र धुर्व न्यौपानेको लगानी छ । चन्दन गौतम फिल्मका कार्यकारी निर्माता हुन ।

प्रतिक्रिया दिनुहोस्