‘नीरफूल’ ट्रेलर: भूकम्पबाट बिछोडिएको परिवार खोजीमा दयाहाङ



संचारकर्मी फुलमान वल निर्देशित फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १० सेकेण्ड लामो ट्रेलरले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।

धादिङ जिल्लाको हिमाली भेगमा अवस्थित रुबी भ्यालीका एक गरिब परिवारको कथालाई निर्देशक वलले पर्दामा उतारेका छन् । दयाहाङ राई, शान्ति वाइवा, जिग्मे छ्योकी घिसिङ कथाका मुख्य पात्र हुन् । यी तीनको वरिपरि फिल्मको घुम्छ ।

चैत ७ मा रिलिज हुने फिल्ममा रेखा थापा, बुद्दी तामाङ, पुस्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी वर्देवा, मानस राज, रोशन फ्युबालगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मको स्क्रिप्ट लेखन सचिन घिमिरे र निर्देशक वलले गरेका हुन् । सचिन सिनेमाका सह-निर्देशक पनि हुन् । प्रमोद कार्कीले खिचेको फिल्ममा अर्जुन पोखरेल/चन्द्र कुमार डोङको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

सोनम डोमा कार्यकारी निर्माता रहेको फिल्म फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्