खगेन्द्रको ‘पानीफोटो’ रिलिज घोषणा



अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको फिल्म ‘पानीफोटो’ रिलिज डेट फाइनल भएको छ । निर्माण कम्पनि टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले साउन ३० गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।

लेखक र कलाकारमा स्थापित भैसकेका खगेन्द्र लामिछानेले यहि फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् । पन्ध्र वर्ष अगाडी बेपत्ता छोराको पर्खाइमा बसेका आमा-बुबाको कथामा खगेन्द्रले सफल नाटक ‘पानीफोटो’ निर्देशन गरिसकेका छन् । नाटकले सफलता पाएपछि उनले ठुलोपर्दाको लागि सोहि कथामा सिनेमा बनाएका हुन् ।

काठमाडौँसँगै पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा खिचिएको फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।

दीपक बज्रचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्