कोरोना त्रास: केरला पछि दिल्लीका सम्पूर्ण हल बन्द गर्न आव्हान



रंगखबर, काठमाडौँ – भारतमा कोरोना (कोभिड १९) भाइरसको संक्रमण बढ्न थालेपछि दिल्ली राज्यका सम्पूर्ण हल बन्द गर्न घोषणा गरिएको छ ।

विहिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केज्रिवाल कोरोना विरुद्द सावधानी अपनाउन भन्दै आफ्नो राज्यका सम्पूर्ण हल ३१ मार्चसम्म बन्द आव्हान गरेका हुन् ।

यस अवधिमा दिल्लीका सम्पूर्ण विद्यालय र क्याम्पसका परिक्षा स्थगित गरिएको छ । भने, राष्ट्रपति भवन पनि ३१ मार्चसम्म बन्द रहनेछ ।

यसअघि भारतमा सर्वाधिक कोरोना भाइरसको संक्रमण देखिएको केरला राज्य सरकारले पनि सम्पूर्ण हल बन्द गर्न आदेश दिइसकेको छ ।

कोरोना त्रासका कारण मार्च २४ मा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ र अप्रिल १० रिलिजको तयारीमा रहेको ‘८३’को पनि रिलिज स्थगित गरिएको छ ।

यस्तै मे १ मा रिलिज हुने ‘कुली नम्बर १’ पनि एक महिना पछाडी सर्दै २९ मेमा पुगेको छ ।

भारतमा अहिलेसम्म ७३ जनामा कोरोना देखिएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्