शिल्पा अभिनित भोजपुरी फिल्म ‘जय शम्भु’को टिजर रिलिज



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘जय शम्भु’को टिजर रिलिज भएको छ । उनको यो भोजपुरी डेब्यु हो । उनले भोजपुरी स्टार प्रदीप पाण्डे ‘चिन्टु’सँग जोडी बाँधेकी छन् ।

फिल्ममा प्रदीपको प्रेमिकाको रुपमा शिल्पा हुन सक्ने टिजर हेरेर अनुमान गर्न सकिन्छ । तर, टिजरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ । निर्माण पक्षले शिल्पाको केहि झलक मात्र प्रस्तुत गरेको छ ।

६ वर्ष अगाडी फिल्म ‘लज्जा’ मार्फत नेपाली सिनेमामा डेब्यु गरेकी शिल्पाको गत वर्षको ‘भिलेन’ कुनै फिल्म रिलिज भएका छैनन्। यस विचमा उनले केहि म्युजिक भिडियो र भोजपुरी सिनेमामा अभिनय गरिन् । तर, शिल्पाको नेपाली सिनेमा कमब्याकलाई लिएर दर्शक आतुर छन् ।

रिलिज डेट तय नभएको ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् । फिल्ममा रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ ।

फिल्ममा प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्