कलाकारदेखि राजनीतिज्ञसम्म समेटिएको देशभक्ति गीत ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक विनोद बानियाँले देशभक्ति गीत जित्छौँ हामी सार्वजनिक गरेका छन् । ४ मिनेट लामो गीतले कालापानी सिमा र कोरोना विरुद्दको लडाईमा जित्ने हौसला प्रदान गर्छ ।

संजोक बस्याल र विजय बस्यालले निर्देशन गरेको गीतको भिडियोमा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटिएको छ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद कोमल ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गीतमा अभिनय गरेका छन् ।

यस्तै गीतमा कला क्षेत्रबाट अनुप बराल, राजबल्लभ कोइराला , प्रकाश घिमिरे, दीया मास्के, माओत्से गुरुङ, निराजन प्रधान, मिलन शंकर, शाहील खान, सुरच प्रशाई, मानोज जोशी र विजय बस्याल फिचर्ड छन् ।

खेलकुदबाट अनिल गुरुङ, सावित्री भण्डारी, सिपोरा गुरुङ र साहित्य तर्फका तिर्था श्रेष्ठ, सरस्वती प्रतिक्षा गीतमा अटाएका छन् । संचारकर्मी संजोक बस्याल, गौतम उदास र उनको परिवारका साथै गीतमा बालकलाकारको रुपमा काव्यालक्ष्मी बानियाँ, स्यारोन श्रेष्ठ, स्वप्निल गायक, सियोना श्रेष्ठ, स्वर्णिम पौडेललगायत छन् ।

बिनोद बानियाँकै संगीत रहेको गीतमा मिलन शंकरको डिओपी, शाहील खान र बिज्ञान राईको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्