बजेट भाषणमा फिल्म: यस्ता छन् कार्यक्रम



नेपाल सरकारले आर्थिक वर्ष ०७७-०७८ को बजेटमा फिल्म क्षेत्रलाई पनि समेटेको छ । विहिबार अर्थमन्त्री डा: युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस क्षेत्रको विकासका लागि केहि कार्यक्रमहरु अघि सारिएको छ ।

‘छायांकनका लागि नेपाल’ कार्यक्रम कार्यन्वयन गरिने, प्रदेश सरकारको समन्वयनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने गरि चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिने बताइएको छ ।

यस्तै प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गर्न, चलचित्र कलाकार संघको भवन निर्माण गर्न तथा नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्नको लागि चलचित्र बिकाश बोर्डलाई आवश्यक रकम बिनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्