‘चिनी कम रंग कडा’को लिरिकल गीत रिलिज



विवेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’को लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘सुगन्धि चक्षुले’ गीतमा पात्रका केहि दृश्य मात्र समावेश गरिएको छ ।

गीतमा मानव सुवेदीको कम्पोजिसन र गायकी सुरिलो छ । यस्तै मानव र सुशील सुवेदीले गीतको शब्द रचना गरेका हुन् ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रविनजंग थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा याकोपो र्याच्लिक/लुका मौसेरीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने भनिएको छ ।

चैत ११ देखिको लकडाउनका बीच भदौसम्म हलमा फिल्म रिलिजको सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्