आलियाको ‘गंगूबाई’मा अजय र इमरानको इन्ट्री



रंगखबर, काठमाडौँ – बलिउड निर्देशक संजयलीला भन्सालीको आगामी फिल्म ‘गंगूबाई कठियावाडी’मा दुई स्टार कलाकारको इन्ट्री भएको छ । यस अलिया भट्ट स्टारर फिल्ममा अभिनेता अजय देवगण र इमरान हाशमीले इन्ट्री पाएका हुन् ।

फिल्ममा दुवै अभिनेताको स्क्रिन स्पेस कम भएपनि महत्वपूर्ण भूमिका रहने बताइएको छ । बलिउड फिल्ममा दुवैले पहिलो पटक आलिया भट्टसँग स्क्रिन शेयर गर्नेछन् । अलियाले तेलुगुको बहुप्रतिक्षित फिल्म ‘आर.आर.आर.’मा पनि अजयसँग स्क्रिन शेयर गर्दैछिन् ।

रिपोर्टका अनुसार इमरानले ‘गंगूबाई’मा आफ्नो हिस्साको छायांकन सकाइसकेका छन् । उनको भूमिकाको बारेमा खुलाइएको छैन । यस्तै अजयले ग्याङस्टर करिम लालाको भूमिका निर्वाह गर्नेछन् ।

अजयले यसअघि निर्देशक भन्सालीको सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’मा अभिनय गरिसकेका छन् ।

‘गंगूबाई’ मुम्बईकी माफिया क्विन गंगूबाई कोठेवालीको बायोग्राफीमा आधारित छ । यसको शिर्ष भूमिका आलियाले निर्वाह गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्