लर्खराउदै सुशान्तको परिवार भेट्न पुगिन पुर्व-प्रेमिका अंकिता लोखंडे (फोटोफिचर)



रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतकी पुर्व प्रेमिका अंकिता लोखंडे सुशान्तको परिवारलाई भेट्न बान्द्रास्थित अपार्टमेन्टमा पुगेकी छन् ।

सुशान्तको निधनले बिक्षिप्त भएकी अंकिता सुशान्तको फ्ल्याट बाहिर लर्खराएकी थिइन् । साथी प्राथना बेहेरेले बताए अनुसार सुशान्तको निधन पश्चात अंकिता नराम्रोसँग टुटेकी छन् ।

सुशान्तको परिवारलाई सहानुभूति दिन अंकिता आफ्नो आमा र साथीसँग फ्ल्याटमा पुगेकी हुन् ।

करिब ६ वर्षसम्म सुशान्तसँग रिलेशनशिपमा रहेकी अंकिताले उनको निधनको विषयमा मुख खोलेकी छैनन् । टेलीसिरियल ‘पवित्र रिस्ता’को सेटबाट सुशान्त र अंकिता प्रेममा परेका थिए । प्रहरी अंकिताको बयान लिने प्रकियामा छ ।

प्रतिक्रिया दिनुहोस्