समसामयिक प्रेमकथामा फिल्म ‘कालुराम’ बन्ने



‘द मस्ट वान्टेड’ डेब्यु निर्देशक दिनेश पौडेलले नयाँ फिल्म ‘कालुराम’ निर्देशनको घोषणा गरेका छन् । समसामयिक प्रेमकथामा बन्ने फिल्मको छायांकन कोरोना अन्त्यपछि हुनेछ ।

लकडाउनको समयमा घर बसेरै स्क्रिप्ट तयार गरेका पौडेलले फिल्मका लागि तीन वटा गीत पनि स्वरांकन गराईसकेका छन् । उनका अनुसार फिल्मका लागि केहि कलाकार तय भैसकेका छन् । भने, केहि छनोट चरणमा छन् ।

डिपी फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा कमला ढकालको लगानी रहनेछ ।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गर्दा म्यजिक केहि मात्रामा छायांकनमा उत्रेका छन् । यस्तै लकडाउनको खुकुलोपनलाई हेरेर नयाँ फिल्म घोषणा हुन् थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्