सुशान्तको जीवनीमा बन्ने भयो फिल्म ‘सुसाइड अर मर्डर’



रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । बलिउड निर्माता विजय शेखर गुप्ताले एक फस्टलूक पोस्टर रिलिज गर्दै सुशान्तको जीवनीमा ‘सुसाइड अर मर्डर: अ स्टार वाज लस्ट’ निर्माण हुने घोषणा गरेका हुन् ।

विजयले एक भारतीय मिडियासँगको कुराकानीमा भनेका छन् ‘यो फिल्म यसकारण बनाउदै छु, कि बलिउडमा जो ठुला स्टार र प्रोडक्सन हाउसको मनोमानी छ । त्यसलाई खतम गर्न सकूँ ।’

उनले यस फिल्म मार्फत बलिउडलाई शतप्रतिशत नाङ्गो बनाइदिने धम्किसमेत दिएका छन् । बलिउडमा नन फिल्मी ब्याकग्राउण्डबाट आउने कलाकारलाई जुन किसिमको व्यवहार गरिन्छ, सबै कुरा यस फिल्मले पर्दाफास गर्ने पनि बताएका छन् ।

‘मैले यो फिल्मको लागि आफ्नो लिगल टिमसँग कुरा गरिसकेको छु । हामी यस फिल्मलाई कुनै बायोपिक जस्तो बनाउदैनौं । तर, सुशान्तको जीवनबाट प्रेरित हुनेछ । जसमा बलिउडका थुप्रै सत्य खुल्नेछन । बलिउडमा जति परिवारवालाहरुको हक छ, त्यतिकै आम मानिसको पनि हक छ ।’ उनले भनेका छन् ।

शमिक मौलिकले निर्देशन गर्ने यस फिल्ममा राकेश कुमारको पटकथा, संवाद रहनेछ ।

प्रतिक्रिया दिनुहोस्