सुशान्तको न्यायका लागि अझ बोल्ड बन्दै कंगना, प्रमाणसहित आइन भिडियोमा



रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्याले यतिबेला बलिउड शोकमा छ । साथै, उनको निधन पश्चात बलिउडमा ‘नेपोटिज्म’ र ‘एल्लो जर्नालिज्म’को विषयमा बहस सुरु भएको छ ।

सुशान्तको निधनमा बलिउडमा व्याप्त ‘नेपोटिज्म’को हात रहेको तर्कहरु बाहिर आइरहेका छन् । ‘नेपोटिज्म’ र ‘एल्लो जर्नालिज्म’को विपक्षमा बुलन्द आवाज उठाइरहेकी ‘क्विन अफ बलिउड’ कंगना रनाउतले सुशान्तको जीवनमा ‘एल्लो जर्नालिज्म’ले कसरी ‘टर्चर’ गरेको भन्ने प्रमाणहरु बाहिर ल्याएकी छन् ।

निक्कै आक्रोशित मुद्रामा भिडियोमा प्रस्तुत भएकी कंगना प्रमाणहरु यसरी पेस गर्छिन, ‘२३ अगस्त, २०१७ मा बलिउड लाइफ लेख्छ ‘सुशान्त जब सेक्स गर्छ, तब आफ्नै गीत सुन्छ ।’ १६ डिसेम्बर, २०१६ मा मुम्बई मिरर लेख्छ ‘सुशान्त एक ट्रक ड्राइभर जस्तो देखिन्छ ।’ यस्तै २२ फेब्रुअरी, २०१९ मा मुम्बई मिरर फेरी लेख्छ ‘पार्टीमा तमाशा गरेपछि सुशान्तले एक निर्देशकको टाउकोमा बोत्तल फुटाउछ ।’ १८ अक्टुबर २०१८ मा डिएनए लेख्छ ‘सुशान्तले आफ्नो को-एक्टरलाई रेप गर्छ, यसरी मिटूको कारण उ जेल जान सक्छ ।’

‘यस्ता थाहा नभएका थुप्रै झुटहरु नन फिल्मी ब्याकग्राउण्ड कलाकारको बारेमा लेखिन्छ । यी मुभी माफियाले पालेका जतिपनि चिल, गिद्द जो छन्, जसले मेन्टल, इमोसनल, साइकोलोजिकल लिञ्चिङलाई पत्रकारिता भन्छन ।’ उनले यस्ता आरोपहरु आफुलाई पनि लगाएको र आफुले जहिले वेवास्ता गर्दै हिँडेको बताउछिन ।

‘एकपटक जब स्वत्रन्त्रता सिन्हानीको विरुद्द खराब आर्टिकल लेखियो । मैले त्यो पत्रकार विरुद्द आवाज उठाए । त्यहि रात चार सिनियर पत्रकारले मेरो विरुद्दमा एक समुह बनाए कि, मेरो फिल्मलाई ब्याण्ड गर्न, जबरजस्ती फ्लप सावित गर्न । यसरी एक्लो युवतीविरुद्द लागिपर्दासमेत यो समाज हेरेरै बस्छ । तर, ‘नेपोकिड्स’को बारेमा कहिले पनि यस्तो कुरा लेखिदैन । आखिर किन ? उनले प्रश्न गर्छिन ।

 

प्रतिक्रिया दिनुहोस्